Market Closed

एन.बि इन्सुरेन्सको बोलकबोलबाट हकप्रद शेयर बिक्री

27 Sep,2016
  • nb_insurance_compnay_resize_9_27_2016_4_03_15.png
असोज ११ , काठमाडौं । एन.बि इन्सुरेन्स कम्पनी लिमिटेडको ४३ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर असोज २८ गते देखि लिलाम विक्री गरिँदैछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिती कार्तिक ५ रहेको छ ।
एन.बि इन्सुरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको लागी २०७३ साउन २३ गते देखी २०७३ भदौ २६ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकि रहेको संस्थापक समुह तर्फ १ हजार ६ सय कित्ता र सर्वसाधारण समूह तर्फ ४१ हजार ८ सय ३७ कित्ताको लागी शिलबन्दी बोलपत्र आव्हान गरेको हो । 
शेयरको न्युनतम मुल्य प्रति शेयर रु १०० तोकिएको हँुदा सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

Post Your Comment