Market Closed

एनबी इन्सुरेन्सको लिलामी सेयरमा १८ सय ६० रूपैयाँसम्मको पर्यो टेन्डर

25 Oct,2016
  • nb-insurance-fb_10_25_2016_11_50_56.png
नेपाली पैसा 
 
काठमाडौं : एनबी इन्सुरेन्सको लिलामी सेयरमा लगानीकर्ताले प्रतिकित्ता १८ सय ६० रूपैयाँसम्म तिरेका छन् । 
 
एनबी इन्सुरेन्सले लिलामीमा बिक्री गरेको सर्वसाधरणतर्फको सेयरमा न्यूनतम ११ सय ५१.५१ रूपैयाँदेखि अधिकतम १८ सय ६० रूपैयाँसम्मको आवेदन दिनेले सेयर पाएका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 
 
कम्पनीले सर्वसाधारण समूहमा ४१ हजार आठ सय ३७ कित्ता सेयर मूल्य बढाबढका आधारमा लिलामीमा बिक्री गरेको हो । यो सेयर सोमबार टेन्डर खोलेर बाँडफाँट गरिएको हो ।
संस्थापकतर्फ चार सय ५५ र पाँच सय २१ रूपैयाँमा टेन्डर हाल्नेले पाएका थिए । एनबी इन्सुरेन्सले जम्मा १६ सय कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गरेको थियो । 
 
एनबी इन्सुरेन्सले संस्थापक र सर्वसाधारण समूहको गरी कुल ४३ हजार चार सय ३७ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको हो । 
 
लगानीकर्ताले यो सेयरमा आवेदन दिने म्याद कात्तिक ५ गतेसम्म थियो । न्यूनतम एक सय रूपैयाँ कायम गरी त्यसभन्दा माथि मूल्य बढाबढका आधारमा बोलपत्र पेस गरेका थिए । 
 

Post Your Comment