Market Closed

नेपाल बैंकको एफपीओमा १२ सय ५८ जनाले दिए ३ करोड ५१ लाखको आवेदन

29 Jun,2018
  • Nepal-bank-Ltd_6_29_2018_4_48_17.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकको एफपीओमा पहिलो दिन १ लाख २५ हजार ६५० कित्ता सेयरका लागि आवेदन परेको छ । यति सेयरका लागि १२ सय ५८ जनाको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु अधिकारीले बताए । पहिलो दिन दिउँसो ३ बजेसम्म जम्मा ३ करोड ५१ लाख ८२ हजार रुपैयाँ बराबरको मात्र आवेदन परेको हो ।
 
बैंकले प्रतिकित्ता २८० रुपैयाँको दरमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । एफपीओ भर्ने अन्तिम म्याद असार १९ गते तोकिएको छ । यस अवधिमा सबै सेयर नबिकेमा भने साउन १३ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो ।
 
एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । बैंकको वित्तीय प्रक्षेपण अनुसार रिजर्भ कोषमा आर्थिक वर्ष २०७५–७६ मा १३ अर्ब २३ करोड २७ लाख रुपैयाँ र आव २०७६–७७ मा १६ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ पुग्नेछ । यसैगरी, प्रतिसेयर नेटवर्थ आव २०७५–७६ मा २३४ रुपैयाँ ८७ पैसा र २०७६–७७ मा २७१ रुपैयाँ ९ पैसा पुग्ने प्रक्षेपण छ । यस अवधिसम्म चुक्ता पुँजी भने परिवर्तन हुनेछैन ।
 
नेपाल बैंकलाई एफपीओ बिक्रीबाट प्रिमियमसहित ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ प्राप्त हुनेछ । बैंकले यो रकमको ८५% कर्जा तथा सापट, १०% लगानी, ३Þ% शाखा विस्तार र २% अन्य काममा खर्च गरिने जनाएको छ ।
 

Post Your Comment