नेपाल बैंकको एफपीओमा अझै ४ अर्ब ६६ करोड रुपैयाँको आवेदन पर्न बाँकी, ४ दिनमा कति बिक्यो ?

03 Jul,2018
  • Nepal-bank-Ltd_7_3_2018_5_23_32.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकको एफपीओमा पहिलो चरणको अन्तिम दिन (मंगलबार) सम्म २८ करोड ६१ लाख ६६ हजार ९२० रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु अधिकारीले मंगलबार ५ बजेसम्ममा ९ हजार ३६१ जना आवेदकबाट १० लाख ७ हजार ६३० कित्ताका लागि आवेदन परेको जानकारी दिए ।
 
यसआधारमा अझै ४ अर्ब ६६ करोड ५५ लाख ९३ हजार ३२० रुपैयाँको आवेदन पर्न बाँकी रहेको देखिएको छ । यो एफपीओ अब साउन १३ गतेसम्म भर्न पाइनेछ । यो अवधिमा पनि आवश्यक मात्रामा आवेदन नपरेमा अन्डरराइटरले लिनुपर्ने हुन्छ । यसअघि बैंकले असार १५ गतेदेखि मंगलबार (असार १९ गते) सम्म एफपीओ भर्ने समयसिमा तोकेको थियो ।
 
बैंकले प्रतिकित्ता २८० रुपैयाँको दरमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment