नेपाल बैंकको एफपीओमा ११ हजार ३८४ जना आवेदक, किन हुँदैछ सुस्त ?

08 Jul,2018
  • Nepal-bank-Ltd_7_3_7_8_2018_5_39_45.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकको एफपीओमा १२ लाख ६ हजार २३० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले  आइतबार साँझसम्ममा ११ हजार ३८४ जना आवेदकले ३३ करोड ७७ लाख ४४ हजार ४०० रुपैयाँ बराबरको एफपीओ भरेको जानकारी दिए । 
 
नेपाल बैंकले असार १५ गतेदेखि प्रतिकित्ता २८० रुपैयाँ दरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । यो एफपीओमा अब साउन १३ गतेसम्म भर्न पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् ।

नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । दोस्रो बजारमा केही माहोल आए पनि एफपीओ अपेक्षा अनुसार बिक्री हुन सकेको छैन ।

दोस्रो बजार घट्यो भने बजार तल आउन सक्छ भन्ने त्रासका कारण लगानीकर्ता एफपीओमा आकर्षित नभएका हुन् । यस्तै, आर्थिक वर्षको अन्त्यतिर आइपुगेकाले पनि लगानीकर्तालाई साँवा, ब्याज तिर्ने चटारो हुन्छ । बैंक तथा वित्तीय संस्थाले पनि खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । यसको प्रभाव पनि एफपीओमा परेको अनुमान गरिंदैछ । 
 
 
 
 

Post Your Comment