Market Closed

नेपाल बैंकको नबिकेको एफपीओ अण्डराइटरले पहिला आफ्नो खातामा ल्याउनैपर्ने भयो

22 Oct,2018
  • illegal_10_22_2018_2_13_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल बैंकको सेयर प्रत्याभूत (अण्डरराइट) गरेका मर्चेण्ट बैंकरहरुलाई नबिकेको सेयर आफ्नो खातामा ल्याएर मात्र बिक्री गर्न भनेको छ । बोर्डको निर्देशन अनुसार अब अण्डरराइटरहरुले आफूले सकार्ने प्रतिबद्धता गरेको सेयरहरु पहिला आफ्नो खातामा ल्याउनुपर्नेछ । त्यसपछि मात्र बिक्री गर्न पाउनेछन् । अण्डराइटरले दोस्रो बजारबाट मात्र सेयर बिक्री गर्न पाउँछन् । 
 
सेयर अण्डराइटिङ गर्ने ८ वटै संस्थालाई पत्र काट्दै  सर्वसाधारणले नकिनेको सेयर अण्डराइटरहरुले स्वीकार गरी आफ्नो खातामा आएपछि मात्र बिक्री गर्नुपर्नेमा त्यसो नगरेको भन्दै तत्काल ती सेयरहरु आफ्नो खातामा ल्याउन धितोपत्र बोर्डले निर्देशन दिएको हो ।  
बोर्डका अनुसार अण्डरराइटरहरुले नबिकेको सेयर पहिले आफ्नो खातामा जम्मा गरेपछि दोस्रो बजारबाट मात्रै उक्त सेयर बिक्री गर्नुपर्ने हुन्छ । 
 
बोर्डले अण्डराइटरहरुलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६४ को व्यवस्था बमोजिम काम गर्न तथा आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन समेत सचेत गराएको छ । त्यसो त नेपाल बैंकको एफपीओमा अण्डराइटरहरुले कानुनको खिल्ली उडाउँदै अवैध तरिकाले व्यक्ति तथा संस्थालाई भित्रभित्रै बिक्री गरेका थिए ।

एफपीओ बाँडफाँट भइसकेपछि उनीहरुले डिस्काउन्टमा समेत बेचेका हुन् । यो सरासर गैरकानुनी कार्य हो । यस्ता अवैध कार्य गर्नेहरुलाई धितोपत्र बोर्डले कडा दण्ड तथा जरिवना गर्न भने सकेको देखिंदैन । केबल आफ्नो खातामा ल्याएर बेच्न भनेको छ । यसबाट दण्डहीनताले थप प्रश्रय पाउने देखिन्छ ।

अण्डराइटरहरुको मनोमानीका कारण अहिलेसम्म नेपाल बैंकको एफपीओ सूचीकरण हुन सकेको छैन । जसका कारण आम लगानीकर्ताले आफ्नो सम्पति लामो समयदेखि बेच्न तथा धितो राख्नबाट समेत बञ्चित भइरहेका छन् । 



र, यो पनि पढ्नुहोस्

एफपीओमा अन्डरराइटरको अवैध धन्दा, लगानीकर्ताको अरबौं सम्पति बन्धकमा


 

Post Your Comment