एनसीसीको ५०% हकप्रदको कल इन एड्भान्स अझै जम्मा भएन, म्याद थप गरी चैत ५ गते पुर्याइयो

21 Feb,2018
  • Nepal-credit-and-commercial-bank-Ltd_2_21_2018_12_47_41.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ५०% हकप्रद सेयर बापतको कल इन एड्भान्स जम्मा गर्ने समय फेरि थप गरेर चैत ५ गतेसम्म पुर्याएको छ । बैंकले यसअघि पनि सञ्चालक तथा आधारभूत (१% वा बढी सेयर भएका संस्थापक र सर्वसाधारण) सेयरधनीलाई कल इन एड्भान्स जम्मा गर्ने समय थप गरेर फागुन ११ गतेसम्म पुर्याएको थियो । तर धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत हुन अझै समय लाग्ने भएकाले कल इन एड्भानस जम्मा गर्ने समय पनि फेरि थप गरिएको बैंकले जनाएको छ ।
 
बैंकले ५०% हकप्रद बिक्री गर्न लागेको हो । सर्वसाधारणमा हकप्रद निष्कासन हुनुभन्दा पहिले नै सञ्चालक तथा अधारभूत सेयरधनीले हकप्रद वापतको रकम जम्मा गरिसक्नुपर्छ । एनसीसीले हकप्रद बापतको कल इन एड्भान्स बैंकको खाता नम्बर ९१६१३०९००१०० मा जम्मा गरिदिन सञ्चालक तथा संस्थापक सेयरधनीलाई अनुरोध गरेको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
 
एनसीसीले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । पहिलो त्रैमासमा एनसीसीले १६ करोड ४५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा छ ।

Post Your Comment