Market Closed

लिलामीको लर्को, साउनयता ३ करोड कित्ता बजारमा, कसको कति ? (सूचीसहित)

22 Mar,2018
  • auction-1400x601_3_22_2018_6_56_23.jpg
सुरेन्द्र पोख्रेल 
 
कठमाडौं : बजारमा यस वर्ष लिलामी सेयरको पनि लर्को लागेको देखिन्छ । अधिकांश कम्पनीले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएका हुन् । यसबाहेक कतिपय संस्थापकहरुले पनि लिलामीमार्फत आफ्नो स्वामित्वमा रहेका सेयर बेच्न चाहेका देखिन्छन् । चालु आर्थिक वर्षको ९ महिना (चैत ८ सम्म) सम्मको मोटोमोटी आँकलन अुनसार ३ करोड कित्ता भन्दा बढी सेयर लिलामीमार्फत बजारमा आएको देखिन्छ ।

एक पछि अर्को लिलामी आउन थालेपछि कतिपय कम्पनीको बिक्री हुन समेत कठिनाई हुन थालेको छ । केही कम्पनीको लगभग आइपीओको भाउमा बजारबाट लिलामी सकार्ने काम भइरहेको छ । तर गत वर्ष भने दोस्रो बजारमा कायम भाउ भन्दा पनि बढी मूल्य तिरेर लिलामी स्वीकार्ने लगानीकर्ता पनि भेटिएका थिए । 
 
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । नेप्से निरन्तर ओरालो लाग्दा सेयर बजारका लगानीकर्तामा निकै निराशा पैदा भएको हो । बजारमा आएको निराशाले गर्दा बिभिन्न बैंक तथा वित्तीय कम्पनीले बिक्री खुला गरेका हकप्रद र लिलामी सेयरमा समेत लगानीकर्ताले कम चासो दिन थालिसकेका छन् ।




कतिपय कम्पनीले एकपटकमा लिलामी नबिकेपछि पुनः दोहोर्याएर खुला गर्न थालेका छन् । संस्थापक सेयरको लिलामीमा यो समस्या धेरै छ । चालु आर्थिक वर्षमा मात्रै (चैत ८ सम्ममा) ५० वटा कम्पनीले लिलामीमा सेयर बिक्री खुला गरेका देखिन्छ । जसमध्ये ४८ वटा कम्पनीले लिलामी बेचिसकेका छन् भने १ कम्पनीको बिहीबारदेखि खुला भएको छ ।

यस्तै, थप १ कम्पनीले चैत १३ गतेदेखि लिलामी बिक्री खुला गर्दैछ । बिहीबारदेखि श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिलामी खुला भएको हो भने चैत १३ बाट सांग्रिला डेभलपमेन्ट बैंकले बिक्री खुला गर्दैछ ।
 
चालु आर्थिक वर्ष लागेयता हालसम्म ५० वटा कम्पनीले २ करोड ९५ लाख ९० हजार ७७९.५७ कित्ता सेयर लिलामीमा ल्याएका हुन् । चैत १३ बाट खुला हुन लागेको कम्पनीसमेत हिसाब गर्दा समग्रमा यस अवधिमा कुल ५१ वटा कम्पनीले ३ करोड ४ लाख ९३ हजार ७७७.०७ कित्ता सेयर हुन आउँछ । 
 
जसमा ११ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, ८ वटा माइक्रोफाइनान्स कम्पनी र ८ वटा नै फाइनान्स कम्पनी रहेका छन् । त्यसैगरी ५ वटा इन्सुरेन्स कम्पनी, १ हाइड्रोपावर कम्पनी र सिद्धार्थ लगानी वृद्धि योजना–१ को स्वामित्वमा रहेका विभिन्न कम्पनीको सेयर पनि लिलामीमा आए । 
 
५१ वटा कम्पनी मध्ये सबैभन्दा धेरै कित्ता लिलामी बिक्री खुला गर्नेमा एनसीसी बैंक परेको छ । एनसीसीले ७० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो । तर यो लिलामी बिक्री हुन सकेको छैन ।

हकप्रद, बोनस, एफपीओ वा लिलामी सबै थरीका सेयर बजारमा आउँदा संख्या बढ्न जान्छ । यसले आपूर्ति बढाइदिन्छ । यस अनुसार नयाँ लगानीकर्ता थपिन नसक्दा माग र आपूर्ति बीच सन्तुलन मिल्न सक्दैन । फलस्वरुपः दोस्रो बजारमा दबाब पर्न जान्छ । 
 

Post Your Comment