Market Closed

१० अर्बको हकप्रद पाइपलाइनमा, ५ कम्पनीको बिक्री हुँदै, ४ निष्कासन तयारीमा (तथ्यांक सहित)

25 Mar,2018
  • Right-share_3_25_2018_9_36_28.jpg
सोभित थपलिया 
 
काठमाडौं : बैंक तथा बिमा कम्पनीहरुले पछिल्लो समय पुँजी वृद्धि गर्न हकप्रद सेयरलाई प्रमुख साधन बनाएका छन् । यतिबेला कतिपय कम्पनीहरुको हकप्रद सेयर बिक्री भइरहेको छ भने केहीलाई धितोपत्र बोर्डले भर्खर बिक्री अनुमति छ ।

हकप्रद निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीको संख्या पनि उल्लेख्य रहेका छन् । अहिले ५ वटा कम्पनीले हकप्रद बिक्री गरिरहेका छन् भने ४ वटाले अनुमति पाइसकेकाले चाँडै नै निष्कासन प्रक्रिया अघि बढाउनेछन् । 
 
अहिले मञ्जुश्री फाइनान्स, एसियन लाइफ, सूर्योदय लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स र प्राइम लाइफ इन्सुरेन्सले हकप्रद बिक्री गरिरहेका छन् । प्राइम लाइफले सबैभन्दा धेरै १६०% हकप्रद बिक्री गरिरहेको छ । यता, सहारा, देवः विकास बैंकसूर्या लाइफ र नेपाल इन्सुरेन्सले पनि हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । यी कम्पनीहरुले अब छिट्टै हकप्रद बिक्री खुला गर्नेछन् ।




देवः ले भने चैत २६ गतेदेखि हकप्रद बिक्री गर्ने भनेर आह्वानपत्र जारी गरिसकेको छ । सहाराले पनि २५०% हकप्रद जारी गर्न अनुमति पाएको छ । त्यसो त देवः र सहारा विकास बैंक एक हुने तयारीमा रहेका छन् । यता, हकप्रद सेयर निष्कासन गर्न १७ वटा कम्पनी धितोपत्र बोर्डको पाइप लाइनमा रहेका छन् ।

१७ वटा कम्पनीले १० अर्ब ५० करोड ४ लाख ४७ हजार ६७५ रुपैयाँ बराबरको १० करोड ५० लाख ४ हजार ४७६.७५ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति माग्न धितोपत्र बोर्डमा पुगेका हुन् । 
हकप्रद बिक्रीको अनुमति माग्न बोर्डमा पुगेका १७ वटा कम्पनी मध्ये सबैभन्दा बढी अनुपातमा प्रोग्रेसिभ फाइनान्सको आउने भएको छ ।

यो कम्पनीले २८१% हकप्रद निष्कासन गर्न लागेको हो । यता, सबैभन्दा धरै कित्ता भने एनसीसी बैंकको रहेको छ । यस बैंकले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । 
 

Post Your Comment