Market Closed

एनसीसीको सर्वसाधारण समूहको सेयर सीआइटीले पाएन, कति भयो कट अफ प्राइस ?

07 Jan,2019
  • auction_img_1_7_2019_11_44_46.png
नेपाली पैसा 
 
काठमाडौं : एनसीसी बैंकको सर्वसाधारण समूहको लिलामी सेयर हात पार्न नागरिक लगानी कोष असफल भएको छ ।  नागरिक लगानी कोषले १९१ रुपैयाँ मूल्य तोकेर खुला भएको सबै सेयरका लागि बोलपत्र पेश गरेको थियो । तर यो भाउभन्दा माथि मूल्य तोकेर भर्नेहरु अधिक भएपछि कोषको हात खाली भएको हो ।

एनसीसीको सर्वसाधारण समूहको सेयरमा कट अफ प्राइस २०१ रुपैयाँ कायम भएको छ । कोषले १९१ रुपैयाँ मूल्य तोकेको थियो । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार न्यूनतम २०१ रुपैयाँदेखि माथि भाउ राखेर बोलपत्र भर्ने सबैले सेयर पाउने भएका छन् । यस लिलामीमा अधिकतम २१८ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेस गर्ने लगानीकर्ता पनि भेटिएका छन् । यसमा ४ हजार ९२२ जनाले आवेदन दिएका थिए । 
 
यता, संस्थापक तर्फको सेयरमा भने १०१ रुपैयाँ (कट अफ प्राइस) नै भाउ तोकेर बोलपत्र भर्नेले सेयर पाउनेछन् । यसमा १२० जनाले आवेदन दिएका थिए । नागरिक लगानी कोषले पनि संस्थापक तर्फको सबै कित्तामा १०१ रुपैयाँ भाउ तोकर आवेदन दिएको थियो । दुवै समूहको सम्पूर्ण लिलामी सेयर बिक्री भएको छ । 
 
एनसीसीले पुस ११ देखि २० गतेसम्म संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । नागरिक लगानी कोष पस्ने समाचार सार्वजनिक भएपछि आइतबार दोस्रो बजारमा पनि एनसीसीको सेयरमा लगानीकर्ता झुम्मिएका थिए । यो बैंकको सबैभन्दा धेरै कारोबार भएको थियो । सेयर भाउ पनि २.३५% ले बढेको थियो ।  
 

Post Your Comment