Market Closed

स्वाभिमान र जनसेवीको आइपीओ खुल्यो, १०–१० कित्ता भरे हुने

10 May,2019
  • ipos_7_4_2_5_10_2019_10_04_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान माइक्रोफाइनान्सको शुक्रबार (वैशाख २७ गते) देखि आइपीओ खुलेको छ । जस अनुसार जनसेवी लघुवित्तले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणले भर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । 
 
जनसेवीको आइपीओ वैशाख ३१ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ २६ गतेसम्म भर्न सकिनेछ । सी–आस्वाको माध्यमबाट सेयर भर्न सकिनेछ । यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले जारी पुँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२.१०% सेयर बिक्री खुला गरेको हो । 
 
जनसेवीले चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरको छ । यस्तै, आव २०७६।७७ मा ३ करोड २० लाख र आव २०७७।७८ मा ५ करोड ५१ लाख रुपैयाँ कमाउने अनुमान छ । चालु आवको अन्त्यसम्ममा यसको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५० पैसा र आगामी वर्ष १३८ रुपैयाँ ९० पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
 
यसैगरी, स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । 
 
बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् । आइपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । संस्थाको आइपीओमा छिटोमा वैशाख ३१ र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।
 
यो आइपीओमा सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । स्वाभिमानको हाल चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको आइपीओ बिक्रीपछि पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

 

Post Your Comment