Market Closed

गगन थापा भन्छन् : पब्लिक पोलिसी अध्ययनले स्थानीय तहको नीति निर्माण प्रभावकारी

03 Jul,2018
  • Gagan-Kumar-Thapa-450x320_7_3_2018_3_45_08.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले नेपालमा पब्लिक पोलिसीको अध्ययन स्थानीय तहमा आवश्यक नीति निर्माणका लागि निकै प्रभावकारी हुने बताए । नेता थापाले स्थानीय तहमा नीति निर्माण आवश्यक रहेको भन्दै यसले जनतासमेत लाभान्वित हुने धारणा राखेका हुन् ।
 
काठमाडौं विश्वविद्यालय (केयु) ले पब्लिक पोलिसी विषयमा अध्यापन थाल्नेबारे जानकारी गराउन आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले पनि सहभागी थिए । वाग्लेले सार्वजनिक नीति तथा नियमबारे नेपालमा अध्ययन अध्यापन आवश्यक रहेको औंल्याए । नेपालमा नै यस्तो पढाई प्रभावकारी रुपमा हुन सकेको खण्डमा अध्ययनका लागि विदेश जानु नपर्ने उनको धारणा छ ।
 
नीति निर्माणको विषयलाई लिएर विदेश अध्ययन गर्न जानु पर्ने बाध्यतालाई न्यनूनीकरण गर्न काठमाडौं विश्वविद्यालय र इन्स्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिजले सन् २०१९ फेब्रुअरीबाट अध्यापन सुरु गर्ने भएका छन् । यसको मोडालिटी कस्तो हुने भन्ने बारे काठमाडौं विश्वविद्यालयले विश्वमा भएको राम्रो अभ्यासहरुको अध्ययन गरिरहेको डा. वाग्लेले जानकारी गराए । अध्यापनपछि नेपालका स्थानीय र प्रदेश तहलाई निकै प्रभावकारी हुने उनको धारणा छ । 

Post Your Comment