Market Closed

नेप्से वेबसाइटमा समस्या : समाधान हुने बित्तिकै मंगलबारको अपडेट आउने

06 Nov,2018
  • NEPSE-post-quake-building_11_6_2018_3_02_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्चेन्ज (नेप्से) लेबाट पूर्ण स्वचालित (फुल्ली अटोमेटेड) अनलाइन प्रणाली सञ्चालनमा ल्याएकै दिन आधिकारिक वेबसाइटमा भने समस्या देखिएको छ । सर्भरमा समस्या आएका कारण लगानीकर्ताले वेबसाइटबाट सेयर कारोबार हेर्न नपाएका हुन् ।

नेप्सको अनुसार मंगलबार अन्य दिनजस्तै बिहान ११ बजेदेखि नै नियमितरुपमा कारोबार भइरहेको छ । प्राविधिक समस्या समाधान हुने बित्तिकै कारोबारको सम्पूर्ण डाटा अपडेट हुने नेप्सेले जानकारी दिएको छ । 
 
मंगलबारको कारोबार रकम तथा अन्य तथ्यांकहरु देखिएको भए पनि नियमित रुपमा कारोबार भइरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । प्रवक्ता पराजुलीका अनुसार साइटमा केही समस्या देखिएको र उक्त समस्या समाधानका लागि आइटी टिमले काम गरिरहेको छ । 
 

Post Your Comment