राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

06 Dec,2018
  • nrb_bank_12_6_2018_1_01_27.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि ३६६ दिने मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी पाउने गरी बैंक तथा वित्तीय संस्थामा लगानी गर्न चाहेको हो ।
 
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८ अर्ब १२ करोड ६९ लाख, ख वर्गका राष्ट्रिस्तरका विकास बैंकमा १ अर्ब ५२ करोड ३८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५० करोड ७९ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्नेछ । यसका लागि निक्षेप लिन चाहेको रकम र त्यसका लागि प्रस्ताव गरेको ब्याजदर खुलाएर राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउ पत्र वित्त व्यवस्थापन विभागमा पेश गर्न भनेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी आइतार अपहरान्ह ३ बजेभित्र शिलबन्दी दरभाउ पत्र पेश गर्नु पर्नेछ ।
 
यसका लागि राष्ट्र बैंकले केही शर्तसमेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको, खुद तरल सम्पती विदेशी निक्षेपको कम्तिमा २०% वा सो भन्दा बढी हुनपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने लगायत राहेका छन् । 

Post Your Comment