रेनो एक्सचेन्ज क्याम्प सुरु, पुरानासँग नयाँ कार साट्न पाइने

06 Dec,2018
  • Mnemonic_12_6_2018_2_56_31.jpg
नेपाली पैसा
 
काठमाडौं : रेनो कार प्रेमीहरुका लागि आज (मंसिर २० गते) देखि नेपालभर ‘रेनो एक्सचेन्ज क्याम्प’ सुरु भएको छ । नेपालमा रेनोको आधिकारिक वितरक ‘एडभान्स अटो मोबाइल्स’ ले एक्सचेन्ज क्याम्प पुस ६ गतेसम्म चल्ने जनाएको छ । ‘पुरानो छोडौं ! नयाँ गुडाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको क्याम्पमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कार एक्सचेन्ज गर्न सक्नेछन् । 
 
रेनोको क्विड, डस्टर र  क्याप्चर मोडलहरुमा एक्सचेन्ज सेवा उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ वर्षसम्मको लागि फ्री सर्भिसिंग, निःशुल्क एसोसोरीज, एक आर्थिक वर्षका लागि सडक कर फ्री, इजी फाइनान्स सुविधा लगायत सेवा उपलव्ध गराएको छ ।
 
ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् । रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिने जनाएको छ । 

Post Your Comment