विकास बैंक र फाइनान्सलाई स्प्रेडदर घटाउन समय थप

06 Dec,2018
  • nrb_bank_12_6_2018_1_01_27.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई स्प्रेड रेट घटाउने समय थप गरिदिएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै ‘ख’ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्तीय संस्थाहरुलाई निक्षेप र ऋणको ब्याजदरको अन्तर ५% भन्दा कम गर्ने समय आगामी पुस मसान्तसम्म पुर्याएको हो । यस्तै, राष्ट्रिय बाहेक अन्य वर्गकाले भने २०७६ असार मसान्तसम्ममा स्प्रेडदर ५% भन्दा कम गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन रहेको छ । 
 
राष्ट्र बैंकले यसअघि ‘ख’ र ‘ग’ वर्षका सबैखाले वित्तीय संस्थाले २०७५ असोज मसान्तसम्म ५% भन्दा बढी भएमा कारबाही हुने जनाएको थियो । तर अब यो समय राष्ट्रियस्तरकालाई पुुस मसान्त र अन्यलाई २०७६ असार मसान्तसम्म पुर्याइएको हो ।
 
यता, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७५ अनुसार प्रवाहित कर्जालाई सीसीडी रेसियो गणना गर्दा घटाउन सकिने व्यवस्था पनि लागू गरेको छ । 

Post Your Comment