पुँजी बजारको समस्या समाधान गर्न डेपुटी गभर्नरको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

06 Dec,2018
  • finance-ministry_12_6_2018_5_17_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : सरकारले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । पुँजी बजार तथा मुद्रा बजारमा देखिएका समस्या र समाधानका उपाय समेत पत्ता लगाउने गरी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो । समितिले एक साताभित्र प्रतिवेदन पेश गर्नेछ । 

समितिले अध्ययन गरी सुझाव समेत दिनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा तथा पुँजी बजारमा देखिएका समस्या समाधान गर्न भन्दै समिति गठन गरेका हुन् । डेपुटी गभर्नरको संयोजकत्व रहने यस समितिमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव, सेयर लगानीकर्ता संघका प्रतिनिधि सदस्य रहनेछन् । 
 
पछिल्लो समय बैंकहरुले जथाभावी ब्याजदर बढाएपछि अर्थमन्त्री रुष्ट बनेका छन् । राष्ट्र बैंकले पनि यसलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको जनाएको छ । समितिले आवश्यक अध्ययन गरी सुझावसहित रिपोर्ट पेश गर्नेछ । सोही आधारमा सरकारले समस्या समाधान गर्न आवश्यक कदम चाल्नेछ । 
 

Post Your Comment