Market Closed

हकप्रद सेयर थपिंदै, ३ अर्ब २३ करोड रुपैयाँको पाइपलाइनमा, कसको कति ? (विवरणसहित)

07 Jan,2019
  • right_share_1_7_2019_9_02_41.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन अनुमति माग्दै विभिन्न ९ वटा कम्पनीले निवेदन दर्ता गराएका छन् । यी ९ वटा कम्पनीलाई धितोपत्र बोर्डले हकप्रद अनुमति दिएमा ३ अर्ब २३ करोड ९८ लाख ७९ हजार ८१२ रुपैयाँ बराबरको ३ करोड २३ लाख ९८ हजार ७९८.१२ कित्ता सेयर पुँजी बजारमा थपिने देखिन्छ ।
 
हकप्रद अनुमति माग्नेमा बिमा, जलविद्युत, फाइनान्स, लघुवित्त र उत्पादनमूलक समूहका कम्पनीहरु रहेका छन् । उत्पादनमूलक समूहको श्रीराम सुगर मिल्सले ३००% हकप्रद निष्कासनका लागि निवेदन दिएको डेढ वर्ष बितिसक्दा पनि अनुमति पाउन सकेको छैन । यस्तै, अपि पावर कम्पनीले पनि दोहोर्याएर धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । 

 
अपिले २०७४ को सुरुवातमै हकप्रदका लागि अनुमति मागेको थियो । तर त्यसबेला आवश्यक प्रकृया पूरा नगरी आवदेन दिएको भन्दै धितोपत्र बोर्डले पाइपलाइनबाटै हटाएको थियो । अपिले २००% हकप्रदका लागि अहिले फेरि बोर्डमा निवेदन पेश गरेको छ । धितोपत्र बोर्डमा विगतको तुलनामा भने हकप्रद अनुमति माग्ने कम्पनीहरुको संख्या घटेको देखिन्छ ।

नियामकले तोकेको पुँजी पुर्याउन बाध्य भएका अधिकांश बैंक तथा वित्तीय संस्थाले विगतमा हकप्रद सेयरको सहारा लिइसकेका छन् । अहिले धरैजसो बैंक तथा वित्तीय संस्थाको पुँजी पुगिसकेको छ । पुँजी पुर्याउन बाँकी रहेका केही बिमा कम्पनीहरुको भने हकप्रद पाइपलाइनमा देखिन्छ । हकप्रद सेयरले पनि पुँजी बजारको आकार थप वृद्धि गर्छ । 
 

Post Your Comment