Market Closed

कमजोर रेटिङलाई आइपीओमा बन्देज, प्रिमियम भाउको आइपीओ र एफपीओमा कडाई

08 Jan,2019
  • sebon_img_1_8_2019_5_35_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : धितोपत्र बोर्डले पुँजी बजार सुधारमा थप कदम चालेको छ । अबदेखि कमजोर रेटिङ भएका कम्पनीहरुले आइपीओ जारी गर्न पाउनेछैनन् । रेटिङ एजेन्सीले न्यून रेटिङ गरेका कम्पनीले आइपीओ जारी गर्न नपाउने भएका हुन् । न्यून रेटिङ भन्दा एक स्तर माथिको रेटिङ प्राप्त गरेका कम्पनीले मात्र आइपीओ जारी गर्न सक्नेछन् । 
 
यसैगरी, ऋणपत्र जारी गर्दा निष्कासन गरिएको मध्ये कम्तिमा ४०% प्राकृतिक व्यक्तिलाई (सर्वसाधारण) छुट्याउनुपर्नेछ । यसरी छुट्याइएको ऋणपत्र तोकिएको अवधिमा सर्वसाधारणले नकिनेमा मात्र अन्यलाई बिक्री गर्नुपर्नेछ । 

यस्तै, अबदेखि न्यूनतम भन्दा एक स्तर माथिको रेटिङ प्राप्त गरेका कम्पनीले पनि आइपीओ जारी गर्दा सबै सेयरको प्रत्याभूति (अण्डराइटिङ) गर्नुपर्नेछ । यसअघि सबैभन्दा न्यून रेटिङ प्राप्त गरेको आइपीओमा मात्र सम्पूर्ण सेयरको अण्डरराइटिङ गर्नुपर्ने व्यवस्था थियो । 
 
आइपीओको प्रिमियम निर्धारण गर्दा अब नेटवर्थको २ गुणासम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि नेटवर्थको ४ गुणासम्म भाउ राखेर प्रिमियममा सेयर जारी गर्न पाइने व्यवस्था थियो । यसबाट प्रिमियम भाउका सेयर पनि थप सस्तोमा किन्न पाइने हुन्छ । 
 
यसैगरी, एफपीओको प्रिमियम भाउ पनि प्रतिसेयर नेटवर्थभन्दा बढी हुन पाउनेछैन् । यसअघि नेटवर्थको ४ गुणासम्म बढी भाउ राखेर एफपीओ जारी गर्न पाइने व्यवस्था थियो । पुँजी बजार सुधारका लागि अर्थमन्त्रीले गठन गरेको उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा धितोपत्र बोर्डले नयाँ व्यवस्था लागू गरेको हो । 




 
 

Post Your Comment