Market Closed

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, माघ ४ गतेबाट सुरु हुँदै

10 Jan,2019
  • Hydro_Expo1_1_10_2019_3_52_02.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन हाइड्रो एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरु सहभागी हुने भएका छन् । दोस्रो संस्करणको यो प्रदर्शनमा सहभागीहरुले १०० भन्दा बढी स्टल बुक गरेको आयोजकले जानकारी गराएको छ । यो एक्स्पो स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेजले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
 
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आगामी माघ ४ गते बिहान ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको छ । 
 
एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्ट सप्लायर्स, लगानीकर्ता, बैंक तथा बिमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ । हाइड्रो एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यावसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् ।
 
निजी क्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) ले एक्स्पोको सहप्रायोजन गरेको छ । यस्तै, एयिन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्सुरेन्स र नेपाल सिपिंग एन्ड एयर लजिष्टिक एक्स्पोको आधिकारि पार्टनर रहेका छन् । एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायतलगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ ।
 
यसैगरी, एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोरलगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजकको भनाई छ । युवा पुस्तालाई लक्षित गरी हाइड्रोपावर क्षेत्रमा रुची भएकालाई प्रोत्साहन गर्न हाइड्रो सम्बन्धी विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना पनि गरिने भएको छ ।
 
हाइड्रोपावर सम्बन्धी उत्पादन र सेवाको विकासमा प्रतिस्पर्धा गराई विद्यार्र्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार समेत प्रदान गरिनेछ । एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कार वितरण गरिने आयोजकले जानकारी गराएको छ ।

Post Your Comment