Market Closed

राष्ट्र बैंकले १०० रुपैयाँ दरको ४० करोड थान नोट छप्दै, बेलायती कम्पनीलाई जिम्मा

11 Mar,2019
  • nrb_3_11_2019_10_41_16.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नोट छाप्ने जिम्मा बेलायती कम्पनीलाई दिएको छ । सोमबार केन्द्रीय बैंकले १०० रुपैयाँ दरको ४० करोड थान नोट छाप्ने जिम्मा बेलायतको ‘डे ला रुई इन्टरनेसनल’ लाई दिएको हो । कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छाप्ने जिम्मा पाएको हो ।
 
अघिल्लो साता मात्रै केन्द्रीय बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको एक कम्पनीलाई दिएको थियो । यी नोटहरु ७÷८ महिनाभित्र छापिएर नेपाल आइपुग्नेछन् ।

Post Your Comment