Market Closed

अर्थ मन्त्रालयको प्रश्न : त्यति महँगोमा खरिद गरेको अनलाइन प्रणालीमा किन आयो समस्या ?

14 Mar,2019
  • artha_11_19_2018_4_28_23.jpg
नेपाली पैसा
 
काठमाडौं : अर्थ मन्त्रालय र नियमक निकायका प्रतिनिधिबीचको छलफल सकिएको छ । छलफलमा नेपाल स्टक एक्चेन्ज (नेप्से) ले महंगो मूल्यमा खरिद गरेको अनलाइन प्रणालीमा समस्या आउनुको कारण बारे अर्थ मन्त्रालयले प्रश्न गरेको सहभागी एक अधिकारीले बताएका छन् ।

पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड तथा नेप्से र सीडीएसीका अधिकारीहरुसँग अर्थ मन्त्रालयले बुधबार गरेको छलफल यस्तो प्रश्न सोधिएको हो । नेप्सेको अनलाइन प्रणालीमा देखिएको समस्याको पहिचान गरी तत्काल समाधान गर्न अर्थ मन्त्रालयले निर्देशन पनि दिएको उनले जानकारी दिए ।

उनले भने, ‘अर्थ मन्त्रालयले महंगो मूल्यमा खरिद गरिएको अनलाइन प्रणालीमा के कारणले समस्या देखिएको हो ? यसको जवाफ दिनुहोस् भनेर सोधेको छ ।’ साथै,  वर्तमान पुँजी बजारमा देखिएका अन्य समस्याको बारेमा पनि छलफल भएको छ ।
 
छलफलमा अर्थ मन्त्रालयको तर्फबाट वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री सहभागी रहेका थिए । अर्थ मन्त्रालयले बुधबार लगानीकर्ताहरुसँगको छलफलमा नियामक निकायका प्रमुखहरु पुँजी बजारमा देखिएका समस्याहरुको बारेमा तत्काल कुरा गर्ने आश्वासन दिएको थियो ।

सोही अनुरुप अर्थ मन्त्रालयले बिहीबार नियामक निकायका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ । नेप्सेले करिब १९ करोड रुपैययाँ लगानी गरेर अनलाइन प्रणाली भित्र्याएको हो । यो प्रणाली अहिलेसम्म राम्रोसँग चल्न सकेको छैन । बारम्बार समस्या आइरहेको छ । 

सेयरलगानीकर्ताहरुले बुधबार अर्थ मन्त्रालयमा गएर अनलाइन प्रणाली प्रभावकारी नभएको बताएपछि अर्थले बिहीबार धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसका अधिकारी बोलाएर यसका बारेमा प्रष्टीकरण मागेको हो । अर्थले तत्काल समस्या समाधान गर्न समेत निर्देशन दिएको छ । 

Post Your Comment