Market Closed

नेपाल क्लियरिङ हाउसका सीइओ प्रधानको पदावधि चार वर्ष थप

14 Mar,2019
  • CEO_Term_Renewal_2_3_14_2019_4_16_32.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीइओ) निलेश मान सिंह प्रधानको पदावधि ४ वर्षका लागि थप भएको छ । कम्पनी सचालक समितिको १२३ औं बैठकले प्रधानको पदावधि चैत्र १ गतेबाट लागू हुने गरी ४ वर्षलाई थप गरेको हो ।
 
प्रधान नेपाल क्लियरिङ हाउसमा वि.सं २०६७ सालदेखि कार्यरत छन् । काठमाडौं विश्व विद्यालयबाट बिई र इन्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजीबाट एमबीए गरेका प्रधानको बैंकिङ तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव रहेको छ ।
 
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उदेश्य लिएको छ । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीन जना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।
 
क्लियरिङ हाउसले एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस र कनेक्टआइपीएस इपेमेन्ट प्रणालीहरु सञ्चालन गर्दै आएको छ । जसको दैनिक औसत कारोबार रकम ३५ अर्ब रुपैयाँ रहेको छ । यसमा ८० सदस्य बैंकका ४५ सय भन्दा बढी शाखा सञ्चालनमा आवद्ध रहेको कम्पनीले जनाएको छ । 

Post Your Comment