Market Closed

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आइपीओ जारी गर्ने कम्पनीले अब क्रेडिट रेटिङ गर्नु नपर्ने

14 Mar,2019
  • sebon_img_3_14_2019_4_20_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत प्रारम्भिक सार्वजनिक निष्कासन (अग्रीम आइपीओ) जारी गर्ने कम्पनीहरुले क्रेटिड रेटिङ गर्नु नपर्ने व्यवस्था गरेको छ । जलविद्युतका ठूला परियोजनामा जनताको लगानी बढाउन सरकारले परियोजना बन्नुअघि नै त्यस्ता कम्पनीहरुले आइपीओ जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

सोही प्रावधान अनुसार त्रिशुली जलविद्युत कम्पनीले ३७ करोड ५ लाख रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । यसरी आवेदन दिने यो पहिलो कम्पनी हो ।

अब अरु कम्पनीले पनि धमाधम आइपीओ जारी गर्न बोर्डमा निवेदन दिने आंकलन गरिएको छ । यस्ता कम्पनीले क्रेडिट रेटिङ समेत गर्नु नपर्ने भएपछि आइपीओ जारी गर्न निकै छिटो हुने विश्वास गरिएको छ । 
 
 

Post Your Comment