Market Closed

अबदेखि १ हजार रुपैयाँमै आइपीओ भर्न पाइने, १० कित्ता आवेदन दिन मिल्ने

10 Apr,2019
  • sebon_img_4_10_2019_4_40_38.jpg
नेपाली पैसा 

काठमाडौं : अबदेखि १ हजार रुपैयाँमै आइपीओ भर्न पाइने भएको छ । धितोपत्र बोर्डले सबै आइपीओमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाइने व्यवस्था गरेको छ । यो प्रावधानसँगै प्रतिकित्ता १०० रुपैयाँका हिसाबले १० कित्ता सेयर आवेदन दिंदा १ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।

पुँजी बजार पहुँच देशव्यापी बनाउने क्रममा धितोपत्र बोर्डले नयाँ व्यवस्था गरेको हो । यस व्यवस्थाले विद्यार्थी, गृहणी तथा ग्रामीण क्षेत्रका लगानीकर्ताको सहभागिता बढ्ने बोर्डको विश्वास छ ।

नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि बोर्डले मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको छ ।  यसअघि पनि कम्पनीहरुले न्यूनतम १ हजार रुपैयाँको १० कित्तामा आवेदन दिन मिल्ने गरी आइपीओ खुलाउने गरेको भए पनि कानुनी हिसाबले अनिवार्य भने थिए । न्यूनतम ५० कित्तासम्म आवेदन दिन मिल्ने व्यवस्थामात्र अनिवार्य थियो । 
 
 यसअघि धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सबै आवेदकलाई सेयर दिने गरी व्यवस्था परिमार्जन गरेको थियो । 

 

Post Your Comment