Market Closed

सेयर कारोबारमा नयाँ वर्षदेखि प्यान अनिवार्य, ५ लाख भन्दा कममा ऐच्छिक

15 Apr,2019
  • 1_4_12_2019_12_21_36.jpg
नेपाली पैसा
 
काठमाडौं : दोस्रो बजारमा सेयर कारोबार गर्न सोमबार (वैशाख २ गते) देखि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य भएको छ । धितोपत्र बोर्डले सेयर कारोबारलाई व्यवस्थित बनाउन चैत १० गतेदेखि नै प्यान ऐच्छिक रुपमा लागू गरिसकेको छ । तर सोमबारदेखि सेयर खरिदबिक्री गर्दा भने प्यान अनिवार्य चाहिनेछ ।  
 
यद्दपि, एक पटकमा ५ लाख रुपयाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य गरिएको हो । ५ लाख रुपैयाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक नै रहनेछ । साना लगानीकर्तालाई प्रोत्साहन गर्न ऐच्छिक गरिएको बोर्डको भनाई छ । यसैगरी, धेरै परिमाणमा सेयर कारोबार गर्नेले पनि ५ लाख रुपैयाँभन्दा कमका दरले सेयर खरिद गरेमा प्यान अनिवार्य हुँदैन ।

Post Your Comment