Market Closed

आर्यताराले दाङबाट पनि सुरु गर्यो ब्रोकर सेवा, ग्रामीण क्षेत्रमा सेयर कारोबार गर्न थप सजिलो

14 May,2019
  • aaray_1_5_14_2019_4_55_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर कारोबार गराउने ब्रोकर कम्पनी आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर ५७) ले दाङबाट पनि सेवा सुरु गरेको छ । अब दाङ र आसपासका क्षेत्रमा सेयर कारोबार गर्न चाहने लगानीकर्ताले सहज रुपमा सेवा पाउने भएका छन् । आर्यतारा ब्रोकर सेवा उपलब्ध गराउने राप्ति अञ्चलकै पहिलो कम्पनी समेत बनेको छ । 
 
आर्यताराले दाङको घोराही स्थित न्यूरोडमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । त्यस क्षेत्रका सहरी तथा ग्रामीण भेगका लगानीकर्ताको अब सजिलै दोस्रो बजारमा पहुँच पुग्ने आर्यताराले विश्वास लिएको छ । नयाँ शाखाको सोमबार एक कार्यक्रमबीच घोराही उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल र आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका अध्यक्ष भरतप्रसाद नेपालले संयुक्त रुपमा उद्घाटन गरे ।



कार्यक्रममा घोराही उद्योग वाणिज्य संघका अध्यक्ष भुसालले दाङमा ब्रोकर सेवा सुरु गरी यस क्षेत्रका लगानीकर्तालाई सहज रुपमा कारोबार गर्न अवसर उपलब्ध गराइदिएको भन्दै आर्यतारा सेक्युरिटिजलाई धन्यवाद दिए । 

कार्यक्रममा आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक गुणनिधि भुसालले पुँजी बजारको पहुँच क्रमशः राजधानी बाहिर पुर्याउने लक्ष्य अनुरुप कम्पनीले दाङबाट पनि सेवा सुरु गरेको बताए । कम्पनीको यो राजधानी बाहिर दोस्रो शाखा हो । यसअघि बुटवलमा पनि आर्यताराले सेवा सुरु गरिसकेको छ । भविष्यमा थप स्थानबाट सेवा उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ । 
 
 
 
 

Post Your Comment