Market Closed

सिटिजन्स म्युचुअल फन्ड-२ को १० करोड इकाई जेठ ९ देखि खुल्दै, कहिलेसम्म भर्ने ?

15 May,2019
  • mutual-funds_6_28_2018_7_12_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सीबीआइएल क्यापिटलले जेठ ९ गतेदेखि ‘सिटिजन्स म्युचुअल फन्ड-२’ को १० करोड इकाई (युनिट) बिक्री गर्ने भएको छ । फन्डले १५% (१ करोड ५० लाख) इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । 
 
यसमा जेठ १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा असार ८ गतेसम्म आवेदन खुला रहनेछ । सिटिजन्स म्युचुअल फन्ड-२ मा न्यूनतम १०० इकाईदेखि अधिकतम २ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । 
 
यस फन्डको इकाईमा लगानीकर्ताले सिटिजन्स बैंकको देशभरका शाखा तथा सीबीआइएल क्यापिटल, बाटुलेघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।
 
फन्डको व्यवस्थापक सीबीआइएल क्यापिटल रहेको छ । सीबीआइएलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो स्कीम हो । हाल सिटिजन्स म्युचुअल फन्ड-१ सञ्चालनमा रहेको छ ।

सिटिजन्स म्युचुअल फन्ड-२ को आह्वानपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment