Market Closed

नेपाली पैसामा सम्पन्न भयो सेयर बजार तालिम, लगानी गर्न थप आत्मविश्वास बढेको सहभागीको भनाई

21 May,2019
  • share_training_img_5_21_2019_5_50_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाली पैसाले आयोजना गरेको ३ दिने सेयर बजार तालिम सम्पन्न भएको छ । सेयर बजारमा लगानी गर्दा प्रमुख आधारभूत पक्षका बारेमा जानकारी राख्नैपर्छ । यसर्थ, लगानी गर्नुअघि र पछि पनि ध्यान दिनै पर्ने महत्वपूर्ण विषय वस्तुमा तालिम केन्द्रित गरिएको हो ।

सेयर बजारमा लगानी गर्दा के–के कुरामा ध्यान दिने, कस्ता कम्पनी छान्ने, कति समय होल्ड गर्ने, कुन बेला बिक्री गर्ने भनेर लगानीसँग सम्बन्धित महत्वपूर्ण जानकारी सहभागीहरुलाई गराइएको थियो । 
 
तालिम नेपाली पैसाको केन्द्रीय कार्यालय पानीपोखरीमा जेठ १ गते बुधबारदेखि जेठ ३ गते शुक्रबारसम्म सञ्चालन भएको थियो । तालिमका प्रशिक्षक डा. केशव श्रेष्ठसँग सहभागीहरुले सेयर बजारका सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा गहन अन्तरक्रिया समेत गरेका थिए ।



सेयर बजारको प्राविधिक पक्षका बारेमा समेत सहभागीलाई सिकाइएको थियो । तालिम लिएपछि लगानी गर्न थप आत्मविश्वास बढेको सहभागीहरुले प्रतिक्रिया दिए । तालिमबाट महत्वपूर्ण जानकारी हासिल भएकाले आगामी दिनमा सिकेका कुरालाई व्यवहारमा उतार्ने उनीहरुको प्रतिबद्धता थियो । 
 

Post Your Comment