Market Closed

लाभांश घोषणा नगर्ने र लाभांश बिनै साधारण सभा गर्ने ६६ कम्पनी चिन्नुहोस्

07 Jul,2019
  • agm_n_7_7_2019_6_34_40.jpg
इशारा कोइराला
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दर्जनौं कम्पनीहरुले अझै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छैनन् । चालु आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी रहँदा पनि ५ दर्जन भन्दा बढी सूचीकृत कम्पनीहरुले अझै लगानीकर्तालाई लाभांश घोषणा गरेका छैनन् । यीमध्ये कतिपयले लाभांश बिना नै साधारण सभा गरिसकेका छन् । केहीले भने घोषणा गर्न र साधारण सभा बोलाउन नै बाँकी रहेको छ ।

लाभांश नदिनेमा केही कम्पनी मर्ज तथा एक्वायरमा गएकाहरु पनि परेका छन् । केही नयाँ कम्पनीहरुले लाभांश घोषणा नगर्नु स्वाभाविक नै भए पनि लामो समयदेखि सञ्चालनमा रहेका कम्पनीहरुसमेत लाभांश घोषणा गर्न विलम्ब हुनुले लगानीकर्ता भने मारमा परेका छन् । मुख्यगरी अधिकांश बिमा कम्पनीहरुले गत वर्षको लाभांश घोषणा गर्न बाँकी देखिएको छ ।

यता, केही कम्पनीले घोषणा गरेको लाभांश साधारण सभाबाट पारित गरी सेयरधनीको खातामा पनि पठाइसकेका छन् भने कतिपयले पठाउने तयारी गरिहेका छन् । यसपटक अधिकांश वित्तीय संस्थाले नगद लाभांशलाई प्राथमिकतामा राखेर लाभांश घोषणा गरेका हुन् । यस्तै, बोनस र नगद दुवै दिने संस्थाहरु पनि उल्लेख्य देखिएका छन् ।



(नोट : लाभांश दिनेमा केही कम्पनी मर्ज तथा एक्विजिसनमा गएका छन् । केही यस वर्षमात्रै आइपीओ जारी गर्ने पनि छन् ।)
 
लाभांश घोषणा नगर्नेमा अधिकांश जलविद्युत त्यसपछि लघुवित्त र बिमा
 
आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव नगर्ने अधिकांश कम्पनीहरुमा जलविद्युत् कम्पनी परेका छन् । त्यसपछि लघुवित्त र बिमा कम्पनीहरुले पनि लाभांश प्रस्ताव गर्न बाँकी छ । यता, नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकहरु मध्ये १ वटा बैंकले मात्रै लाभांश दिएको छैन् । एनसीसीले आइतार मात्रै लाभांश घोषणा गरेको छ । त्यस्तै, ५ विकास बैंकहरुले पनि लाभांश प्रस्ताव गरेका छैनन् । 

यता, १७ लाघुवित्त कम्पनी र २१ जलविद्युत् कम्पनीले पनि अहिलेसम्म लाभाशं घोषणा गरेका वा यसपटक दिएका छैनन् । यद्दपि, आरम्भ, आशा, चौतारी, गणपति, गुराँस, नेपाल एग्रो, सामुदायिक, स्पर्श, सर्पोट, स्वाभिमान, आँखुखोला, घलेम्दी, हिमालय ऊर्जा, पाँचथर पावर, रैराङ हाइड्रोपावर, अपर तामाकोशीलगायत कम्पनीहरुले भने यसै वर्ष आइपीओ जारी गरेका हुन् । यी कम्पनीहरुले लाभांश दिने सम्भावना कम छ । अपर तामाकोशी लगायत केहीले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएका छन् ।
 

Post Your Comment