Market Closed

गभर्नर भन्छन्–राष्ट्र बैंकको निर्देशन बाध्यकारी, विरोध गर्न पाइदैंन

08 Jul,2019
  • Chiranjibi-Nepal-11_7_8_2019_4_32_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको नीति निर्देशन अन्य बैंक तथा वित्तीय संस्थाले मान्नैपर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थालाई नियमन र नियन्त्रण गर्ने असीमित अधिकार केन्द्रीय बैंकसँग रहेको भन्दै यसले दिने निर्देशन बाध्यकारी भएको उनले सम्झाए ।

आगामी मौद्रिक नीतिका सम्बन्धमा राय सुझाव संकलन गर्न राष्ट्र बैंकले सोमबार आयोजना गरेको कार्यक्रममा गभर्नर नेपालले मुलुकको समग्र मौद्रिक तथा अर्थतन्त्रको अवस्था अध्ययन गरेर नीति निर्देशन जारी हुने दाबी गरे । यो केन्द्रीय बैंकको काम नै हो । यसमा बैंक तथा वित्तीय संस्थाले समर्थन गर्नुपर्छ । अनावश्यक विरोध र व्यवधान खडा गर्न पाइदैंन, गभर्नरले भने । 

राष्ट्र बैंकले अनुसन्धान गरेर मात्रै कुनै पनि नीति–निर्देशन जारी गर्ने समेत उनले दाबी गरे । ठूला बैंक मर्जरतर्फ संकेत गर्दै उनले केन्द्रीय बैंकले दीर्घकालीन प्रभाव अध्ययन गरेर नीति ल्याउने बताए । ‘अहिले हामीले मौद्रिक नीतिमा तपाईंहरुको सुझाव लिएका छौं । पछि नीति आइसकेपछि विरोध गर्न पाइदैंन,’ उनले भने । 
 
‘विगतमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गर्दा धेरैतिरबाट विरोध र व्यवधान खडा भएको थियो । त्यही पनि केन्द्रीय बैंक पछि हटेन । त्यो नीति अहिले राम्रो भएको छ,’ गभर्नरले दाबी गरे । 
 
 

Post Your Comment