Market Closed

राष्ट्र बैंकले नेप्सेको १७ लाख २९ हजार कित्ता सेयर बेच्दै, भाउ कति ?

16 Jul,2019
  • nrb_7_11_2018_5_34_41_6_17_2019_1_08_34.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा ल्याएको छ । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयरका लागि बोलपत्र आह्वान गरेको हो । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
 
केन्द्रीय बैंकले प्रतिसेयर न्यूनतम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले सोही मूल्यलाई न्यूनतम आधार मानेर आफूले खरिद गर्न चाहेको सेयरको दररेटसहित बोलपत्र पेश गर्नु पर्नेछ । लिलामीमा भदौ २ गतेभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार पुग्ने गरी आवेदन दिनु पर्नेछ । नेप्सेमा राष्ट्र बैंकको ३६.६०% सेयर छ । सोही सेयर बेच्ने प्रक्रिया थालिएको हो ।

सेयर बेचेर राष्ट्र बैंक नेप्सेबाट बाहिर खोज्दैछ । यसैगरी, नेप्सेमा नेपाल सरकारको ५८.६६, एनआइडीसीको ६.१२% र सेयर ब्रोकरहरुको ०.६२% सेयर स्वामित्व रहेको छ । केन्द्रीय बैंकले नेप्सेको सेयर प्रिमियम भाउमा बेच्न लागेको हो । 
 
नेप्सेको सेयर लिलामी सम्बन्धी विस्तृत जानकारी यहाँबाट हेर्नुहोस् ।

Post Your Comment