Market Closed

रेमिट्यान्स १७.५% ले बढ्यो, वैदेशिक रोजगारीमा जाने नेपाली घटे

19 Jul,2019
  • nrb_7_11_2018_5_34_41_6_17_2019_1_08_34.jpg
नेपाली पैसा
 
काठमाडौं : आर्थिक वर्ष २०७५।७६ को ११ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १७.५% ले वृद्धि भएर ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स ७.३% ले मात्र बढेको थियो । यसैगरी, खुद ट्रान्सफर आय १६.६% ले वृद्धि भएर ९ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१% ले मात्र बढेको थियो ।
 
यता, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने गिरावट आएको छ । ११ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३% ले घटेको हो । अघिल्लो वर्ष यस्तो संख्या ८.२% ले घटेको थियो । तर पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या भने यस वर्ष ५.४% ले बढेको छ । 

Post Your Comment