Market Closed

ब्रोकर कार्यालय गएर ल्याप्चे नलगाउन आग्रह, सेयर राफसाफ पनि नगरिने

21 Jul,2019
  • capita_gain_7_21_2019_11_18_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर लगानीकर्ता र ब्रोकरहरु बीच पुँजीगत लाभकर गणनामा देखिएको विवाद साम्य नभएसम्म सेयर कारोबारको राफसाफ नगर्ने सहमति भएको छ । बुधबार बिहान भएको छलफलमा यस्तो सहमति बनेको नेपाल इन्भेष्टर्स फोरका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए । लगानीकर्ताहरुले अब संयुक्त विज्ञप्ति जारी गर्ने तयारी गरेका छन् ।

समस्या समाधानका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेड लगायत सरोकारवाला निकायमा दबाब दिने तयारी समेत भएको उनले नेपाली पैसालाई जानकारी दिए । यता, लगानीकर्ताका संगठनहरुले पनि ब्रोकर कार्यालयमा गएर फारम भर्ने तथा ल्याप्चे लगाउने कार्य नगर्न आग्रह गरेका छन् । यता, ब्रोकरहरुले सेयर कारोबारको राफसाफ नगर्ने सहमति भएका बारेमा सीडीएससीलाई औपचारिक पत्र लेख्ने भएका छन् । 

यता, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले पनि सेयर बेचेपछि पुँजीगत लाभकर हिसाब गरेर ब्रोकरलाई बुझाउने र फारम भरी ल्याप्चे लगाउने निर्देशन उल्लंघन गर्न लगानीकर्तालाई आग्रह गरिएको बताए । पुँजीगत लाभकर लगानीकर्ता आफैंले गणना गर्नुपर्ने, सेयर किनेको रकम, रसिद फेला नपारे अंकित मूल्यलाई नै आधार मानेर लाभकर लिने भनेपछि लगानीकर्ता रुष्ट बनेका छन् ।

सोही कारण यो समस्या समाधान भएसम्म सेयर कारोबार गरे पनि राफसाफ गर्ने ब्रोकरहरुले सहमति गरेका हुन् । नियम अनुसार बुधबार भएको कारोबारको आज आइतबार राफसाफ गर्नुपर्छ । 
 
 

Post Your Comment