Market Closed

लगानीकर्ताका ४ संगठनले सीडीएसलाई लेखे संयुक्त चिठी, समस्या समाधान गर्नुहोस्

21 Jul,2019
  • cdsc_7_21_2019_12_22_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : लगानीकर्ताका ४ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई तत्काल ब्रोकर कार्यालयमा गएर हस्ताक्षर नगर्न औपचारिक आग्रह गरेका छन् । यसैगरी, उनीहरुले सीडीएससीलाई पनि राफसाफ रोकेर समस्या समाधानमा सहयोग गर्न अनुरोध गरेका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, सेयर लगानीकर्ता दबाब समूहका हरि ढकाल र नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् । यसको बोधार्थ अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से र स्टक ब्रोकर्स एसोसिएसनलाई समेत गराइएको छ । 

 

Post Your Comment