Market Closed

राधा पोखरेलले अर्थ सचिवलाई भेटेर बुझाइन पत्र तर तत्काल सडक आन्दोलनमा भने नजाने

21 Jul,2019
  • radha_new_7_21_2019_12_50_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजीगत लाभकरमा भारित औषत लागतको समस्या समाधान गर्न माग राख्दै नेपाल पुँजीबजार लगानीकर्ता संघले राजस्व सचिव शंकर घिमिरेलाई पत्र बुझाएको छ । संघकी अध्यक्ष राधा पोखरेलले आइतबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पुँजीगत लाभकर गणना सम्बन्धमा उत्पन्न समस्याका बारेमा ध्यानकार्षण पत्र राजस्व सचिव घिमिरेलाई बुझाएकी हुन् ।
 
अध्यक्ष पोखरेलले समस्या समाधानका लागि तत्काल राजस्व सचिवले कदम चाल्ने विश्वास लिएको बताइन् । साथै, संघले अहिलेकै अवस्थामा सडक संघर्षमा जानु हतार हुने समेत बताएको छ ।  सीडीएस एन्ड क्लियरिङ लिमिटेडले ब्रोकर कम्पनीलाई भारित औषतको विषयमा लगानीकर्तालाई निरुत्साहित हुने किसिमले पत्रकाटेको संघको आरोप छ ।

यसले लामो संघर्ष र प्रतीक्षा पश्चात भित्र्याइएको अनलाइन ट्रेडिङ् सिस्टमलाई नै जिस्क्याइएको जस्तो देखिएको संघको भनाई छ । पुँजी बजारलाई ल्याप्चे सिस्टममा धकेल्न प्रयत्न भएको समेत संघको ठहर छ ।

  अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७ को बजेट भाषणमा आयकर ऐन २०५८ को दफा ९५ (क) को संशोधन मार्फत उपदफा २ को २ (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निसर्ग हुने हो । यस्तो अवस्थामा पनि सिडिएसले लगानीकर्तालाई निरुत्साहित बनाउन पत्र पठाएको संघको आरोप छ । 

भेटका क्रममा राजस्व सचिवले समस्या तत्काल समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएको उनले बताइन् । अर्थ मन्त्रालयबाटै राजस्व सचिवले नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेलाई टेलिफोन गरेर समस्या समाधान गर्न निर्देशन दिएको समेत पोखरेलले नेपाली पैसालाई जानकारी दिइन । 
 

Post Your Comment