Market Closed

आधा दर्जन हाइड्रोपावर कम्पनीको यस्तो देखियो अवस्था

11 Aug,2019
  • report_new_8_11_2019_7_17_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : हाइड्रोपावरका ६ वटा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट आएका कम्पनीहरुको वित्तीय सूचक मिश्रित देखिएका छन् । यद्दपि, ६ मध्ये ५ वटाले नाफा वृद्धि गरेका छन् । जलविद्युत् कम्पनीहरुले आकर्षक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसको सकारात्मक प्रभाव दोस्रो बजारमा भने पर्न सकेको छैन । केही कम्पनीहरुको दोस्रो बजारमा सेयर मूल्य आइपीओभन्दा कममा आइसकेको छ । 
 
३ कम्पनीको चुक्ता पुँजी बढ्दा ३ को यथावत 
 
गत आर्थिक वर्षको चौथो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्ने ६ कम्पनी मध्ये ३ को चुक्ता पुँजी बढेको छ बाँकी ३ वटाको पुँजी यथावत छ । सबैभन्दा धेरै पुँजी चिलिमे हाइड्रोपावरले बढाएको छ । यसको पुँजी २०% ले बढेर ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।



सबैभन्दा धेरै चुक्ता पुँजी भने जलविद्युत् लगानी तथा विकास कम्पनीको रहेको छ । यसको चुक्ता पुँजी चौथो त्रैमाससम्म आइपुग्दा १०% ले बढेर ११ अर्ब रुपैयाँ पुगेको छ । 
 
५ कम्पनीको खुद नाफा बढ्यो
 
यस अवधिमा ५ जलविद्युत् कम्पनीको नाफा बढेको छ । नाफा घटाउनेमा चिलिमे हाइड्रोपावर रहेको छ । चिलिमेको नाफा २२.८९% ले घटेर ७१ करोड ५७ लाख ८५ हजार रुपैयाँ भएको छ । सबैभन्दा धेरै नाफा बढाउनेमा नेसनल हाइड्रोपावर रहेको छ ।



यसको नाफा ५२४.७४% ले बढेर ९१ लाख ६५ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै नाफा जलविद्युत् कम्पनीले कमाएको छ । यसको नाफा ३८.७७% ले बढेर १ अर्ब १२ करोड १४ लाख २८ हजार रुपैयाँ पुगेको छ । यसको पुँजी पनि धेरै छ । 
 
४ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो 
 
चौथो त्रैमाससम्म आइपुग्दा ४ कम्पनीले प्रतिसेयर आम्दानी बढाएका छन् । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा जलविद्युत् लगानी कम्पनी रहेको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसाले बढेर १० रुपैयाँ १९ पैसा भएको छ ।



प्रतिसेयर आम्दानी घटाउनेमा चिलिमे हाइड्रोपावर परेको छ । चिलिमेको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६४ पैसाले घटेर १५ रुपैयाँ ०४ पैसामा आएको छ । यद्दपि, यो सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको कम्पनी हो । 
 

Post Your Comment