Market Closed

विद्युत प्राधिकरणले अब स्मार्ट मिटर जडान गर्ने, स्वचालित बिलिङ प्रणाली सुरु हुँदै

01 Oct,2019
  • Nepal-Electricity-Authority_10_1_2019_4_03_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आम उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्न सर्वेक्षण सुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करिब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्दै छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकांक्षी योजनाका रुपमा अगाडि बढाएका हुन् । 
 
स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्था अन्त्य भई टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ प्रणाली लागू हुनेछ । जसले गर्दा मिटर रिडिङको लागत घट्ने छ । यसबाट वितरण सेवालाई आधुनिकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली संचालन दक्षता बढाउनेछ । 
 
अहिले ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए । उनले डाटा संकलन गर्न आउने सर्भेयरलाई आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रहसमेत गरे । नेपाल सरकारको लगानी र एसियाली विकास बैक (एडीबी) को सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाडौं उपत्यकामा नमुना परियोजनाका रुपमा अघि बढाइएको हो ।

स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने  प्राधिकरणको योजना छ । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । यो काम आगामी वर्षको पुस भित्रमा सक्ने लक्ष्य राखिएको छ । 
 

Post Your Comment