Market Closed

दशैंमा पेट्रोलियम पदार्थ अभाव नहुने, निगमका डिपोहरु खुला रहने

04 Oct,2019
  • Nepal-Oil-Nigam_10_4_2019_12_56_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल आयल निगमले दशैंमा कुनै पनि प्रकारका इन्धन अभाव नहुने बताएको छ । केही दिनदेखि काठमाडौं उपत्यका र देशका प्रमुख सहरहरुमा इन्धन खपत बढेको भन्दै उपभोक्ताहरुले आवश्यकता भन्दा बढी भण्डारण गर्न थालेका छन् । तर निगम चाडपर्वमा इन्धन अभाव नहुने तथा सहज आपूर्तिका लागि पर्याप्त व्यवस्था गरिएको भन्दै नआत्तिन आम उपभोक्तासँग आग्रह गरेको छ ।

खाना पकाउने ग्यास, पेट्रोल, डिजेल तथा मट्टितेलसमेत आवश्यकता भन्दा बढी भण्डारण नगर्न समेत निगमले आग्रह गरेको छ । केही दिनयता काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा इन्धन भर्न साना ठूला सवारी साधानहरुको चाप बढेपछि निगमले यस्तो औपचारिक रुपमै यस्तो जानकारी गराएको हो । 

चाडपर्वमा डिजेल तथा पेट्रोल अभाव हुन सक्ने आशंका गरी अहिले कतिपय पेट्रोल पम्पहरुमा तेल भर्नेको भीडभाड लागेको देखिन्छ । घर जानुपर्ने भएकाले पनि कतिपयले तेल भण्डारण गर्न चाहेकाले पनि भीडभाड बढेको अनुमान छ । 
 
निगमले चाडपर्वको समयमा सहज तरिकाले इन्धन वितरण गर्न आफ्ना सबै डीपोहरुमा क्षमता अनुसार इन्धन भण्डारण भइरहेको दाबी गरेको छ । दशैंमा पनि पाइपलाइनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव उत्पन्न हुन नहुने निगमले जनाएको छ । काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने गर्छ ।



तर, बुधबार सामान्य अवस्थामा भन्दा ३ सय किलोलिटर इन्धन बढी माग भएको थियो । निगमले आफ्ना डिपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै समयमा पनि कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेको छ । यसका लागि निगमले दशैंका लागि छुट्टै टिम समेत खडा गरेको छ । यसबाट कुनै पनि हालतमा पेट्रोलियम पदार्थ अभाव नहुने निगमको भनाई छ । 
 

Post Your Comment