Market Closed

सहकारीको ब्याजदर घटाउनुपर्छ : मन्त्री अर्याल

10 Jan,2020
  • cooperative_1_10_2020_10_45_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छन् । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्नुपर्ने बताउँदै सहकारीमैत्री कानुन निर्माणका लागि आफू सक्रिय भएको बताएकी छन् । 
 
सहकारीमार्फत वैदेशिक रोजगारीमा जानेलाई रोक्न सक्नुपर्ने बताउँदै एक घर, एक सदस्य र एक सहकारी एक रोजगारी भन्ने अभियान सञ्चालन गर्नुपर्ने मन्त्री अर्यालले बताइन् । सहकारीहरु रोजगारी सिर्जना गर्ने थलो बन्न सक्ने भन्दै उनले गरिवी निवारणका माध्यमका रुपमा सबैले सहकारीलाई अगाडि सार्नुपर्ने जोड दिइन् । 
 
सन् २०३० भित्र नेपालको गरिबी शून्य प्रतिशतमा झारिने लक्ष्य सरकारको रहेकाले सोही अनुसार काम पनि अघि बढिरहेको उनको भनाई छ । पछिल्लो समय मन्त्रालय सहकारीको संख्या घटाउन पनि लागि परेको छ, सोही अनुरुप अन्तर सहकारी समन्वय बलियो बनाउने, ब्याज घटाउने र सहकारीलाई प्रविधियुक्त बनाउने विषयलाई आफूले महत्व दिएर काम गरेको मन्त्री अर्यालको भनाई छ ।

सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छ । सहकारीको चर्को ब्याजदर पनि घटाउनुपर्छ, उनले भनिन् । सहकारी संस्थाहरुमा नियमन फितलो छ । जसका कारण सहकारी संस्थाहरुले आफूखुशी चर्को ब्याज लिएर कर्जा प्रवाह गरिरहेका छन् । सेवा शुल्क पनि महँगो छ । ब्याजदर चर्को भएको आम गुनासो बढिरहेका बेला मन्त्री अर्यालले यसतर्फ आफ्नो ध्यान गएको बताएकी हुन् । 
 
अन्तर सहकारी चेक सटही कार्यलाई समेत छिटो निष्कर्षमा पु¥याउने बताउँदै मन्त्री अर्यालले ‘सहकारीमा लगातार एउटै नेतृत्व रहने विषयलाई पनि निरुत्साहित गर्नुपर्ने बताइन् । साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले आर्थिक बर्ष २०७५–०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

Post Your Comment