Market Closed

२१ करोड रुपैयाँ राजस्व छलेको आरोपमा व्यापारीमाथि मुद्दा

10 Jan,2020
  • rajaswo_IzINeOjJ4i_1_10_2020_12_18_24.jpg
 
 
काठमाडौं : नक्कली मूल्य अभिवृद्धि करको बिजक प्रयोग गरी राजस्व छली गर्ने एक व्यवसायी विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । काठमाडौं महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एन्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले २१ करोड १८ लाख रुपैयाँ बिगो बराबरको राजस्व चुहावट गरेको आरोपमा शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । 
 
उक्त मुद्दामा विभागले बिगो असूल गरी बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी गरेको छ । वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर अन्तर्गत राजस्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । मूल्य अभिवृद्धि करतर्फ ६ करोड र आयकरतर्फ १५ करोड १७ लाख राजस्व चुहावट गरेको विभागको जिकिर छ ।
 
रासस

Post Your Comment