Market Closed

साउनयता २ सय ७७ किलोमिटर सडक कालोपत्र, यस वर्ष ३०० पुल निर्माण गरिने

10 Jan,2020
  • road_1_10_2020_5_02_24.jpg
 
 
काठमाडौं : सडक विभागले साउनदेखि अहिलेसम्म २७७ किलोमिटर सडक कालोपत्र गरेको छ । यस अवधिमा २८८ किमी सडक खण्डस्मित (ग्राभेल) र ५८ किमी नयाँ सडकको ट्रयाक खोलिएको विभागले जानकारी गराएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी कालोपत्र हुलाकी राजमार्गमा गरिएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए ।

हुलाकी राजमार्ग आयोजनाका अनुसार सो सडकमा ५० किमी सडक कालोपत्र भएको छ भने २५ किमी ग्राभेल भएको छ । मध्यपाहाडी लोकमार्गमा २०.५ किमी सडक कालोपत्र तथा ६९ किमी ग्राभेल सम्पन्न भएको छ । सो सडकमा २ वटा सडक पुल सम्पन्न भएको विभागले जनाएको छ । मदन भण्डारी राजमार्ग आयोजनामा १९ किमी सडक कालोपत्र, १५ किमी ग्राभेल र एउटा पुल निर्माण कार्य सम्पन्न भएको छ ।

काडमाडौंमा विस्तारका क्रममा रहेका ८ किमी सडक कालोपत्र भएको र व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत ७ किमी कालोपत्र भएको छ । विभागले सडकको नियमित र पटके मर्मतसमेत गरिरहेको छ । अहिलेसम्म ६४ किमी सडक अद्यावधिक मर्मत सम्पन्न भएको प्रवक्ता सापकोटाले बताए । त्यस्तै, अहिलेसम्म ४५ पुल सम्पन्न भइसकेको छ ।

अघिल्ला वर्षमै निर्माण सुरु भएका पुल अहिले आएर सम्पन्न भएको उनको भनाई छ । उनले भने, “यस वर्षभरीमा ३०० पुल सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत आवमा विभागले ९८८ किमी सडक कालोपत्र गरेको थियो । गत वर्ष नै नेपाल सरकारको अधिकार क्षेत्रमा पर्ने १ हजार ३६३ किमी सडक ग्राभेल र ४४० किमी ट्रयाक खोलिएको थियो । गत वर्ष पनि २४३ पुल सम्पन्न भएका थिए भने २३० किमी सडक आवधिक मर्मत भएको थियो । 
 
रासस

Post Your Comment