Market Closed

सुनको भाउ फेरि बढ्यो, यसरी हुँदैछ कारोबार

12 Jan,2020
  • gold_img_1_12_2020_11_53_24.jpg
नेपाली पैसा
 
काठमाडौं : सुन–चाँदीको मूल्यमा फेरि वृद्धि भएको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर ७५ हजार रुपैयाँ पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ ७४ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि ४०० रुपैयाँले लै बढेर ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि ५ रुपैयाँले वृद्धि भएर ८ सय ९० रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय सुनको भाउ बढिरहेको छ । विशेष गरी अमेरिका र इरानबीच युद्धको खतरा बढेको भन्दै अन्तर्राष्ट्रिय व्यापारीहरु सुनमा लगानी गर्न आकर्षित भएका हुन् । सुन लगानीको सुरक्षित क्षेत्र मानिन्छ । यता, स्थानीय बजारमा भने विश्व बजारको प्रभाव परेको सुन व्यवसायीहरु बताउँछन् । 
 
 

Post Your Comment