Market Closed

सुनको भाउ घट्यो, यसरी भइरहेछ कारोबार

13 Jan,2020
  • gold_new_1_13_2020_11_26_16.jpg
नेपाली पैसा
 
काठमाडौं : सुनको भाउ घटेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँमा आइपुगेको छ । आइतबार छापावाला सुनको भाउ ७५ हजार रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला २०० रुपैयाँले नै घटेर ७४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको छ । 
 
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव आउने क्रम जारी छ । विशेषगरी अमेरिका र इरानबीच तनाव बढेपछि सेयर बजारमा केही दिन उछाल आएको थियो । 
 

Post Your Comment