Market Closed

सुनको भाउ बढ्यो, अब तोलाको कति पुग्यो ?

15 Jan,2020
  • gold_660-1_1_15_2020_11_09_51.jpg
नेपाली पैसा
 
काठमाडौं : मंगलबार प्रतितोला ८०० रुपैयाँले घटेको सुनको भाउ बुधबार फेरि ७०० रुपैयाँले बढेको छ । मूल्य वृद्धि भएपछि बुधबार सुन तोलाको ७४ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ७०० रुपैयाँले नै बढेर ७४ हजार ४०० रुपैयाँ पुगेको छ । यसैगरी चाँदीको भाउ पनि प्रतितोलामा ५ रुपैयाँ बढेर ८८५ रुपैयाँमा कारोेबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।



विश्व बजारमा तय हुने मूल्यकै आधारमा नेपाली बजारमा पनि भाउ तोकिन्छ । पछिल्लो समय अमेरिका र इरानबीच तनाव बढ्दा सुन बजार पनि अस्थिर बनिरहेको छ । छोटो समयमै सुनको भाउ अकासिएको हो । बेस्सरी बढेपछि केही तल झरेको थियो । बुधबार फेरि बढ्ने क्रमले निरन्तरता पाएको छ । 
 

Post Your Comment