Market Closed

छोरी शिक्षा बिमा कार्यक्रम प्रभावकारी बनाउन शिविर सञ्चालन

17 Jan,2020
  • beti_1_17_2020_1_01_37.jpg

 
जलेश्वर : महोत्तरीमा माघ २ गतेदेखि छोरी शिक्षा बिमा शिविर सुरु गरिएको छ । प्रदेश नं २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत बिहीबारबाट महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा छोरी शिक्षा बिमा शिविर सुरु गरेको हो । जलेश्वर नगरपालिकामा बिहीबार र शुक्रबार २ दिन यो शिविर सञ्चालन हुनेछ ।

यसैगरी, महोत्तरीका १५ वटै स्थानीय तहका वडाको संख्या अनुसार एक–दुई दिन गर्दै आगामी फागुन २ गतेसम्म शिविर सञ्चालन सञ्चालन हुनेछन् । शिविर गौशाला नगरपालिकामा पुगेपछि सम्पन्न हुनेछ । यस कार्यक्रम अन्तर्गत २०७५ माघ २ गतेदेखि जन्मेका बालिकालाई प्रदेश सरकारले २० वर्षपछि १ लाख पाउने गरी निःशुल्क बिमा गर्ने भएको छ । 
 
रासस

Post Your Comment