Market Closed

सुन–चाँदीको भाउ थोरै बढ्यो, कतिमा हुँदैछ शुक्रबार कारोेबार ?

17 Jan,2020
  • gold_660-1_1_17_2020_1_10_41.jpg
नेपाली पैसा
 
काठमाडौं : बिहीबार स्थिर रहेको सुन–चाँदीको भाउ शुक्रबार बढेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेर ७४ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला १०० रुपैयाँले नै बढेर ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 
 
शुक्रबार चाँदीको भाउ पनि ५ रुपैयाँ वृद्धि भएर ८ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको भाउ ८ सय ८५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाही महासंघले बताएको छ । पछिल्लो समय सुनचाँदी बजार केही अस्थिर देखिएको छ । अमेरिका–इरान तनाव बढेपछि भाउ एकाएक चुलिएको थियो । त्यसयता भने भाउ तलमाथि हुने क्रम जारी छ । 

Post Your Comment