Market Closed

सर्वत्र विरोधपछि सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा : ७० करोड घुस प्रकरण

20 Feb,2020
  • gokul-baskota_2_20_2020_5_43_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले राजीनामा दिएका छन् । बिहीबार संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको बारेमा अडियो रेकर्ड सार्वजनिक भएपछि उनी सर्वत्र विवादमा आएका थिए ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच चलेको संवादमा घुस लेनदेनको विषयमा कुराकानी भएको थियो । सोही अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिनुपरेको हो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रस सहितले उनको राजीनामा मागेको थियो । 

Post Your Comment