Market Closed

कोरोना भाइरसबाट जोगिन देशभरका विद्यालय बन्द गर्न जापानी प्रधानमन्त्रीको आव्हान

28 Feb,2020
  • japan_img_2_28_2020_2_11_08.jpg

 
 
टोकियो : कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि जापानका सबै विद्यालय बन्द गर्न भनिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि देशभरका विद्यालयलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन् । अधिकारीहरूले जापानमा कोरोना भाइरसका कारण ४ जना व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्रीले उक्त आह्वान गरेका हुन् ।

कोरोना भाइरस संक्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो । “सरकारले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई अझ बढी र उच्च प्राथमिकता दिनुपर्छ,” आबेले भने ।

हामी देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यामिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे विदासम्मका लागि बन्द गर्न आह्वान गरेका छौँ । जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा सुरू हुने गर्छ ।
 
जापानको उत्तरी होकाइदो सहरमा गत बिहीबार ८० वर्ष पार गरिसकेका वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्न माध्यमिक विद्यालयहरू यस अघि देखि नै बन्द भइसकेका छन् । 
 
रासस
 

Post Your Comment