Market Closed

बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि

25 Mar,2020
  • cahls_nses_3_25_2020_5_36_59.jpg
नेपाली पैसा 
 
काठमाडौं : बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसको औपचारिक पुष्टि राजकुमार चार्ल्सको निवास क्ल्यारन्स हाउसले गरेको हो । राजकुमार चार्ल्स हाल ७१ वर्षका छन् । 
 
भाइरसको संक्रमण देखिए पनि उनको स्वास्थ्य अवस्था त्यतिसाह्रो खराब भने नभएको बीबीसीले जनाएको छ । तर उनकी उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वललाई भने भाइरसको संक्रमण भेटिएको छैन । 
 
चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अलग्गै राखिएको क्ल्यारन्स हाउसले जानकारी गराएको छ । युवराज चार्ल्स केही साताअघि एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए, बीबीसीले भनेको छ । 
 

Post Your Comment